चिनियाँ वैज्ञानिकहरूकाे दाबी : खोपले नभएर नयाँ औषधिले महामारीलाई रोक्न सक्छ

एजेन्सी, ११ जेठ । चीनको प्रयोगशालामा वैज्ञानिकहरू कोरोना रोक्न प्रभावी साबित हुने औषधि बनाइरहेका छन् ।

चीनको प्रतिष्ठित पेकिंग विश्वविद्यालयका वैज्ञानिकहरूले परीक्षण गरिरहेको उक्त औषधिले संक्रमित बिरामीहरूलाई द्रुत रूपमा निको पार्नुका साथै भाइरससँग लड्न अल्पकालीन प्रतिरोधात्मक क्षमता पनि विकास गर्न सक्छ ।

युनिभर्सिटी एडभान्स इनोभेसन सेन्टर फर जेनोमिक्सका निर्देशक सुनने झीका अनुसार औषधि जनावरहरूको परीक्षणमा सफल भइसकेको छ ।

झीले संक्रमित मुसामा एन्टिबडीहरू इन्जेक्शन गर्दा पाँच दिनपछि भाइरल भार २५ सय पटक छिटो घटेको देख्दा यो सम्भावित औषधिले कोरोना भाइरस निको पार्ने सम्भावना देखाएको बताए ।

साइनटिफिक जर्नल सेलमा प्रकाशित अनुसन्धानका अनुसार एन्टिबडीहरूको प्रयोगले बिरामीहरूलाई राम्रो उपचार गर्न मद्दत गर्छ जसकारण रोग कम समयमा निको हुन्छ ।

औषधिको क्लिनिकल परीक्षणहरू गर्ने योजना भइरहेको छ ।

चीनमा कोरोनाको घट्दो घटनाका कारण यो परीक्षण अष्ट्रेलिया र अन्य देशहरूमा हुने भएको छ ।

साथै, थप केही जनावरमा पनि हुने परीक्षण हुने भएको छ ।

चिसोमा भाइरसको सम्भावित प्रकोप बढ्न सक्ने हुँदा झीले यस वर्षको अन्त्यसम्म औषधि सर्वसाधारणलाई प्रयोग गर्न तयार हुने आशा राखेका छन् ।

Loading...