सिंगापुर अध्ययन : कोभिड १९ का बिरामीहरू ११ दिनपछि संक्रामक नहुने

एजेन्सी, ११ जेठ । कोभिड १९का बिरामीहरू ११ दिन संक्रमित भएपछि संक्रामक नहुने देखिएको छ ।

सिंगापुरमा संक्रामक रोग विशेषज्ञहरूले आफ्नो एउटा नयाँ सर्वेक्षणअनुसार कोभिड–१९ बिरामीहरू ११ दिन बिरामी परेपछि अरुलाई संक्रमण फैलाउन नसक्ने देखिएको जानकारी दिएका छन् ।

सिंगापुरको नेशनल सेन्टर फर इन्फेक्सियस र एकेडेमी अफ मेडिसनले संयुक्त अनुसन्धानमा कोरोना भाइरसको पोजिटिभ रिपोर्ट आउनेहरूमा बिरामी भएको ११ दिनपछि उनीहरूमा भएको भाइरस संक्रामक भाइरसको बराबर हुँदैन भन्ने पत्ता लागेको हो ।

साथै, भाइरसलाई ११ दिनपछि कल्चर गर्न नसकिएको बताइएको छ ।

निष्कर्ष सहर तथा राज्यमा ७३ जना बिरामीहरूको अध्ययनमा आधारित रहेको छ ।

तर, उक्त खोजले देशको बिरामी डिस्चार्ज नीतिमा प्रभाव पार्न सक्दछ ।

डिस्चार्ज मापदण्ड हाल संक्रामकको सट्टा नकारात्मक परीक्षण परिणामहरूमा आधारित छ ।

हालसम्म सिंगापुरमा ३१ हजार ६८ संक्रमित छन् भने तिमध्ये ४५ प्रतिशत संक्रमितहरू उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

Loading...