सप्तरी, १० जेठ । सप्तरीमा ९ लाख रुपैयाँ सहित एक भारतीय पक्राउ परेका छन् ।
सप्तरी प्रहरीले कोसीको पलारबाट शनिबार भारतीय नागरिकलाई ९ लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको हो ।
हनुमाननगर कंकालिनी नगरपालिका १४ मा सप्तकोसी नदीको बीच भागमा रहेको पलारमा भारतीय नागरिक फुलकुमार मेहतालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका मेहता भारतको बिहार सुपौल जिल्लाको बथनाहा पञ्चायतका बासिन्दा हुन् ।
उनलाई कोसीको पलार हुँदै लुकिछिपी नेपालतर्फ प्रवेश गरेपछि झोलामा दुई किलो चिनीले छोपेर ल्याउँदै गरेको ९ लाख रुपैयाँ नियन्त्रणमा लिएको सप्तरी प्रहरीले जनाएको छ ।