ला लिगा जुनको पहिलो साताबाट सुचारु हुने

एजेन्सी, १० जेठ । कोरोना भाइरस महामारीका कारण स्थगित स्पेनको शीर्ष डिभिजनको लिग ला लिगा जुनको पहिलो साताबाट सुचारु हुने भएको छ ।

स्पेनका स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले ला लिगा ८ जुनबाट सुचारु गर्न अनुमति दिएका हुन् ।

खेलकुद गतिविधि फिर्ता ल्याउनुपर्ने बताउँदै प्रधानमन्त्री सान्चेजले ला लिगाको मिति तय गरेका हुन् । यद्यपि, ला लिगाले भने औपचारिक रूपमा मिति सार्वजनिक गरेको छैन ।

ला लिगा २३ मार्चबाट स्थगित थियो । खेलाडीहरूले भने अघिल्लो साताबाट प्रशिक्षण सुरु गरेका छन् ।

यस सिजन ला लिगामा साविकको विजेता बार्सिलोना शीर्ष स्थानमा छ । ऊ दोस्रो स्थानमा रहेको रियलभन्दा २ अंकले अगाडि रहेको छ ।

Loading...