Rumpum Advertisement
Dazzu

भारतको क्वारन्टाइनमा स्याङ्जाका एक युवाको मृत्यु

भारतको क्वारन्टाइनमा स्याङ्जाका एक युवाको मृत्यु

काठमाडौं, १० जेठ । भारतको एक क्वारेन्टाइनमा बसेका नेपाली युवाको मृत्यु भएको छ ।

भारतको नौतनवास्थित राजीव गान्धी पीजी कलेजमा रहेको क्वारेन्टाइनमा बसेका स्याङ्जाको हरिनाथ नगरपालिका–२ चिसापानीका ३२ वर्षीय युवाको मृत्यु भएको हो ।

५ जेठदेखि उनलाई सो क्वारेन्टाइनमा राखिएको थियो । उनको शनिबार मृत्यु भएको बेलहिया प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरिक्षक ईश्वरी अधिकारीले पुष्टि गरेका छन् ।

उनी भारतको अलिगढबाट केही दिन पैदल हिँडेर सुनौली नाकासम्म आएका थिए ।

तर नेपाल तर्फबाट उनलाई बुझ्ने कोही नआएपछि उनलाई नेपाल प्रवेश गर्न नदिइ सो क्वारेन्टाइनमा राखेका थिए ।

स्वास्थ्यमा समस्या आएपछि शुक्रबार महाराजगंज अस्पतालमा चेकजाँच गरेर उनी क्वारेन्टाइन फर्केका थिए ।

तर क्वारेन्टाइनमा फर्केलगत्तै उनको मृत्यु भएको क्वारेन्टाइनमै रहेका मृतकका भिनाजुले जानकारी गराएका प्रहरी निरीक्षक अधिकारीले बताए ।

बेलहिया नाका हुंदै नेपाल फर्किनेहरुलाई सम्बन्धित जिल्लाका स्थानीय तहले प्रमाणीकरण गरेर नल्याएसम्म उनीहरुलाई नौतनवाका क्वारेन्टाइनमा राख्ने गरिएको छ ।

मृतकको कोरोना परीक्षण गरेर पोजेटिभ पुष्टि भए भारतमै अन्त्येष्टी गरिने र नेगेटिभ रिपोर्ट आए नेपाल ल्याएर आफन्तलाई शव बुझाइने छ ।