संविधान संसोधन गर्दा मधेशको मुद्दा पनि सम्बोधन गर्न माग

काठमाडौं, १० जेठ । जनता समाजवादी पार्टीका नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर संविधान संसोधन गर्दा मधेशका मुद्दालाई समेत सम्बोधन गर्न आग्रह गरेका छन् ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको सरकारले संविधानको अनुसूची ३ मा रहको निशान छाप संशोधन गर्न विधेयक संसद सचिवालयमा दर्ता गराएको बेला मधेशको मुद्दा संवोधन गर्न दवाब दिएका हुन् ।

संविधान संसोधन गर्दा मधेशको मुद्दापनि सम्बोधन हुने गरी संसोधन गर्न उनीहरुको माग छ ।

देउवालाई भएको भेटपछि राजपा नेता राजेन्द्र महतोले अनुसूची संशोधन गर्ने प्रस्ताव राम्रो भएको र मधेशका जनताले उठाएका मागहरूलाई पनि प्याकेजमा सम्बोधन गर्नु पर्ने बताए ।

जवाफमा देउवाले पार्टी पदाधिकारीको बैठक राखेर छलफल गर्ने आश्वासन दिए ।

Loading...