Rumpum

Rumpum Advertisement

चीनमा पहिलो पटक संक्रमण शुन्य

चीनमा पहिलो पटक संक्रमण शुन्य

विराटनगर(एजेन्सी), १० जेठ । चीनमा कोरोनाको संक्रमण सुरु भएपछि पहिलो पटक दिनभर नयाँ संक्रमित फेला परेनन् ।

पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमित नभेटिएको चीनका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सन् २०१९ को अन्त्यदेखि चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले विश्वभर महामारीको रुप लिँदा चीनमा पहिलो पटक संक्रमण शुन्य भएको हो ।

कोरोना भाइरस (कोभिड १९) फैलिएपछि चीनले लागू गरेको लकडाउनको कडा प्रावधानले कोरोना नियन्त्रण गर्न सफल भएको छ ।

अहिले चीनमा बाहिरबाट गएकाहरुमा कोरोनाको संक्रमण देखिने क्रम बढ्दो रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

गएका हप्तामा पूर्वोत्तर चीनको सीमावर्ती जिलिन र हेइलङ्गजियाङ्ग प्रान्तमा कोरोनाको उच्च संक्रमण देखिएको थियो ।

कोरोना भाइरस सुरु भएको वुहानमा गएको ८ अप्रिलदेखि लकडाउन हटाइएको छ ।