ब्राउसुगर सहित दुई जना पक्राउ

झापा, १० जेठ । झापामा अवैध लागू औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको बिर्तामोड नगरपालिका ५ मा लागूऔषध ब्राउसुगरसहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको सादा पोशाकमा खटिएको टोलीले बिर्तामोड नगरपालिका ४ का २८ वर्षीय पवन चौधरी र २८ वर्षीय महेश गुरुङलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले ५ ग्राम ब्राउनसुगर बरामद गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Loading...