Rumpum

Rumpum Advertisement

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

सुनसरी, १० जेठ । सुनसरीको हरिनगरा गाउँपालिकामा मोटरसाइक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

हरिनगरा ७ कबिलासामा शनिबार दिउँसो साढे २ बजे घुस्कीबाट देवानगञ्ज जाँदै गरेको मोटरसाइल दुर्घटना भएको हो ।

को २ प ८८४६ नम्बरको मोटरसाइकल अनियन्त्रीत भइ दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक देवानगञ्ज गाउँपालिका २ का २५ वर्षीय सजिम अंसारीको उचपारको क्रममा मृत्यु भएको छ ।

उनको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।