लकडाउनका समस्या समाधान गर्न मोरङका राजनैतिक दलहरुको साझा पहल

विराटनगर, १० जेठ । लकडाउनको समयमा उत्पन्न समस्याहरु समाधान गराउन र संक्रमण रोकथाम र उपचारमा सघाउने सबै एक भएर लागिपर्ने मोरङका राजनैतिक दलहरुले साझा पहल थाल्ने भएका छन ।

शनिवार विराटनगरमा बसेको नेकपा , काँग्रेस, समाजबादी , राप्रपा र राजपा पार्टीका जिल्ला नेताहरुले लकडाउनको समयमा उत्पन्न समस्या समाधान गर्न र कोरोना संक्रमण रोकथाममा सहयोग गर्न सबै एक भएर समाधानकालागि साझा पहल थाल्ने निर्णय गरेका हुन ।

दलहरुले जिल्लाका सबै तहका आआफना पार्टी कमिटीका कार्यकर्ताहरुलाई सर्बदलिय संयन्त्रको साझा धारणा अनुसार एक भएर लकडाउनमा उत्पन्न समस्या समाधान गर्न र संक्रमण रोकथाम र उपचारमा सहयोग गर्न निर्देशन गरेका छन ।

दलहरुले किसानहरुले उत्पादन गरेको बस्तु , वेचबिखनकालागि सहज बनाउनकालागि आवश्यक व्यवस्थापनमा सहयोग गर्नै खादयान्न उद्योगहरु सञ्चालन गराउन सहयोग गर्ने र तकारी जन्य उत्पादनहरुको बिक्रि सहज बनाउन सहयोग गर्नै र आयात रोक्न आवाज उठाउने निर्णय गरेका छन ।

यसैगरि सबै पालिकाहरुमा मल , बिउ र बिषादीको व्यावस्था गराउन सहयोग गर्ने , सिमा क्षेत्रका हरेक पालिकाहरुमा २ हजार क्षमताको क्वारेन्टाइन निर्माण गराउने , पीसीआर परीक्षणको दायरा बढाउन लगाउने दलहरुको योजना बनाएका छन ।

साथै विदेशमा रहेका नेपालीहरुलाई प्रशासनको समन्वयमा घर फर्काउन प्रदेश र संघिय सरकारसँग आग्रह गर्ने दलहरुले निष्कर्ष निकालेका छन ।

दलहरुले बाँझो जमिनमा अनिवार्य खेती गर्न लगाउने , समाजिक सदभाव बिगर्न नदिने र बिकास निर्माणका कामहरु सम्पन्न गराउन सहयोग गर्नेमा पनि एक मत भएका छन ।

नेकपाका मोरङ अध्यक्ष ऋषिपोखरेल , काँग्रेसका सभापति डिकबहादुर लिम्बु, राजपा अध्यक्ष मोहम्मद कादिर , समाजबादी पार्टीका राजकुमार यादव र राप्रपाका अध्यक्ष माधव आचार्यले आइतबार ईदउल फित्र अंकमाल नगरि घरमै बसेर नवाज आदा गरेर मनाउन मुस्लिम समुदायलाई अनुरोध पनि गरेका छन ।

Loading...