Rumpum Advertisement
Dazzu

घरमै बसेर ईद मनाउन र अंकमाल नगर्न मुस्लिम आयोगको आग्रह

घरमै बसेर ईद मनाउन र अंकमाल नगर्न  मुस्लिम आयोगको आग्रह

विराटनगर, १० जेठ । राष्ट्रिय मुस्लिम आयोगले आइतबार घरमै बसेर ईदु–उल–फित्रका दिन नमाज पढन र एक अर्काबिच अंकमाल गरेर शुभकामना नगर्न समुदायलाई आग्रह गरेको छ ।

आयोगका अध्यक्ष समिम मिया अन्सारीले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर ईदको नमाज पढन र अंकमाल गरेर शुभकामना आदानप्रदा नगर्न समुदायलाई आग्रह गरेका हुन ।

रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदु–उल–फित्रका दिन मस्जिदमा गएर सामुहिक नमाज आदा गर्ने मुस्लिम समुदायको परम्परा रहेको छ ।

रमजानको सुरुको दिन पनि कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै इस्लाम धर्मावलम्बीहरुले घरमै बसेर नमाज आदा गरेका थिए । संघिय सरकारले आइतवार इदउल फित्रका दिन सार्वजनि बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरु रमजान महिनामा दिनभर निराहार वर्त अर्थात रोजा (उपवास) बसेर नमाज आदा गर्ने गर्दछन् । रमजानको अन्तिम दिन ईद–उल–फित्र नमाज आदा गरेपछि एक महिना लामो उपवास सकिन्छ ।