पुरिएर एक महिलाको मृत्यु, २ जना घाइते

कैलाली, १० जेठ । कैलालीमा घर पोत्ने माटो लिन गएकी एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।

माटोले ढिस्कोले पुरिएर कैलालीको बर्दगोरिया गाउँपालिका – ३ बुटकौवाकी ३६ वर्षीया डम्मरा खत्रीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अरु दुई जना घाइते भएका छन् ।

घर पोत्न माटो खन्ने क्रममा पुरिएर शनिबार बिहान उनको घटनास्थलमै मृत्यु भएको हो ।

घाइतेहरु १९ वर्षीय कल्पना खड्का र ९ वर्षीय सुनील ढुंगानाको अहिले घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ ।

Loading...