नेपालमा थप ३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो

विराटनगर,१० जेठ । नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बैतडी, झापाका १ जना, बाकेँ र सुर्खेतमा रहेका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।

शनिबार बिहान ३२ जनामा काेराेना पाेजेटिभ देखिएकाे थियाे ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ । जसमा पुरुष ५०५ जना र महिला ७९ जना छन् ।

थप भएका मध्ये बाकेँ नरैनापुरका २७ जना छ । बैतडीकाे शिवनाथ गापामा ४ जना, झापाको झापा गाउँपालिकामा १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर देवकाेटाका अनुसार बाकेंँको नरैनापुर मदर्सा क्वारेन्टाइनमा बसेका ६ जना छन । नरैनापुर– ३ को राष्ट्रीय प्रावी गेगलीमा बसेका १५ जनामा पोजेटिभ देखिएको छ । नरैनापुर– १ मा थप ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । संक्रमित सबै स्थानीय क्वारेन्टाइनमा बसिरहेकाहरु छन ।

बर्दिया बडैयातालमा एकजना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Loading...