Rumpum Advertisement

‘इजरायल ट्युमर हो’ – खामेनेइ

Neuro Revised Adv
Koshi Dashain ad
‘इजरायल ट्युमर हो’ – खामेनेइ

विराटनगर, १० जेठ । इरानका सर्वाेच्च नेता अयातुल्लह अली खामेनेइले इजरायल ट्युमर रहेको भन्दै हटाउने बताएका छन् ।

उनले प्यालेष्टाइनलाई हतियार उपलब्ध गराउने विषयलाई समर्थन गरेका छन् । यस्तै अमेरिका, यूरोपियन यूनियन र इजरायलले कडा शब्दमा विरोध गरेका छन् ।

इजरायलको विरोध गर्नु सिया बहुल इरानको प्रमुख मुद्दा रहेको छ ।

प्यालेष्टाइनको पक्षमा इरानले बारम्बार यस्ता वक्तव्य जारी गर्ने गरेको छ ।

इरानले अहिलेसम्म इजरायललाई मान्यता दिएको छैन् ।

इजरायलमा यहुदीहरुको राज ट्युमर जस्तो भएको भन्दै यसलाई परास्त गर्ने बताए ।

शुक्रबार रमजानको अन्तिम जुमालाई सम्बोधन गर्दै अनलाइन भाषण गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।