नाकाबाट लुकीछिपी नेपाल प्रवेश, तस्करी पनि बढ्यो

विराटनगर,१० जेठ । नेकपा प्रदेश कमिटिले अनुगमन सुरु गरेको छ ।

नेकपा जिल्ला कमिटी सुनसरीका अध्यक्ष योगेन्द्र प्रसाद मण्डल (पप्पु) को नेतृत्वमा अनुगमन गरेको हो ।

कोशी गाउँपालीका, भोक्राह गाउँपालीका र हरीनगरा गाउँपालीका वडा नं. ३ मा अनुगमन गर्दै सरोकारवाला पक्षसँग छलफल गरेको छ ।

छलफल पछि खुला सीमा भएका कारण भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्ने गरेको निष्कर्ष निकालेको छ । भारतबाट चोरी तस्करी पनि बढेको बताएको छ ।

सरोकारवाला पक्षले सिमानाकाबाट लुकिछिपी हुने आवतजावत, तस्करी र किसानका समस्या चाडो भन्दा चाडो समाधान गर्नुपर्ने बताएका छन् ।

सिमानाकाबाट लुकीछिपी हुने आवतजावतले त्रासको वातावरण सिर्जना भएको उनीहरुले बताएका छन् ।

वोर्डरवाट रातीको समयमा रजनिगन्धा, खैनि, चिनी, कपडा लगायतका सामग्री आइरहेको उनीहरुले बताए ।

Loading...