Rumpum

Rumpum Advertisement

वडा अध्यक्षले दलित भन्दै बैठकमा सहभागी हुन दिएनन

वडा अध्यक्षले दलित भन्दै बैठकमा सहभागी हुन दिएनन

पाँचथर १० जेठ । पाँचथरमा वडा अध्यक्षले एक दलित युवालाई सानो जातको भन्दै राजनैतिक दलका प्रतिनिधिलाई बैठकबाट बाहिर निकालेर जातिय विभेद गरेका छन ।

जिल्लाको हिलिहाङ गाउँपालिका ५ का वडाध्यक्ष लक्ष्मी सुहाङले कांग्रेस प्रतिनिधि बीरबहादुर उपरकोटीलाई सानो जातको भन्दै बैठक कक्षबाट बाहिर निकालेर जातिय बिभेद गरेका हुन ।

७ जेठमा वडा कार्यालयको भवन बनाउने बिषयमा सर्वपक्षिय छलफल आयोजना गरिएको थियो। छलफलमा सहभागी हुन कांग्रेसको वडा कार्य समितका सचिव उपरकोटी पुगेका थिए ।

तर नेकपाबाट निर्वाचित अध्यक्ष सुहाङले नबोलाएको मान्छेलाई म मिटिङमा बस्नै दिन्न भन्दै जातीय विभेद गर्दै आफुलाई बैठकबाट निकालेको पीडत उभरकोटीले बताएका छन ।

अध्यक्ष सुहाङले चाँही आफुले अध्यक्षलाई बोलाएको तर अर्को प्रतिनिधि त्यसमा पनि दलितलाई पठाएकोले आफुले बैठकमा बस्न नदिएको बताएका छन ।

कांग्रेस वडा समितिले न्यायको माग गर्दै शुक्रवार वडा कार्यालयमा निवेदन दर्ता गरेको छ।