Rumpum

Rumpum Advertisement

उद्दार गरी थप उपचारमा लगिएकी सुत्केरीको मृत्यु

उद्दार गरी थप उपचारमा लगिएकी सुत्केरीको मृत्यु

संखुवासभा, १० जेठ । हेलिकप्टरबाट उद्दार गरी थप उपचारको लागि राजधानी पुर्याएकी एक सुत्केरीको मृत्यु भएको छ ।
उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ की सुत्केरी गंगा कार्कीको मृत्यु भएको हो ।

शुक्रबार राति साढे १० बजे उपचारका क्रममा थापाथली प्रसूति गृहमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी मिमबहादुर लामाले जानकारी दिए ।

बच्चा गुमाएकी ३२ वर्षीया कार्कीलाई सेनाको हेलिकप्टरबाट शुक्रबार दिउँसो काठमाडौं पुर्याइएको थियो ।

खाँदबारी–६ पांठाकी कार्कीलाई जिल्ला अस्पतालमा उपचार गर्न नसकिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उनलाई उद्धार गरेर थप उपचारका लागि काठमाण्डौ पुर्याइएको थियो ।

कार्की चैत ४ गते जिल्ला अस्पताल खाँदबारीमा सुत्केरी हुन भर्ना भएकी थिइन् । तर उनको पेटमा रहेको बच्चा अप्ठ्यारो गरेर बसेको चिकित्सकले पत्ता लगाएपछि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको थियो ।

नोबेल अस्पतालमा मृत शिशु जन्मेपछि उनी बेहोस भएकी थिइन् । नोबेलमा उपचार खर्च तिर्न नसकेको भन्दै सुत्केरीलाई घर फर्काएको थियो । उनका परिवारले २ लाखभन्दा बढी खर्च गरेका थिए ।