बुन्डेसलिगामा आज हुँदैछन् यी पाँच खेल, बायर्न र डर्टमुण्ड पनि प्रतिस्पर्धामा

विराटनगर, १० जेठ । जर्मनको शीर्ष डिभिजन लिग बुन्डेसलिगामा आज पाँच खेल हुँदैछन् । आज हुने खेलमा साविकको विजेता बायर्न म्युनिखका साथै बोरुसिया डर्टमुण्ड, लिभरकुसेन र फ्रान्कफर्ट जस्ता टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

साविकको विजेता बायर्नले फ्रान्कफर्टसँग खेल्दैछ । यो खेल नेपाली समयानुसार राति १०ः१५ बजेबाट बायर्नकै मैदानमा हुनेछ । बायर्न जारी लिगमा ५८ अंकका साथ शीर्ष स्थानमा छ भने फ्रान्कफर्ट २८ अंकसहित १३औं स्थानमा छ ।

यसैगरी साविकको उपविजेता डर्टमुण्डले वोल्फसबर्गसँग खेल्दैछ । वोल्फसबर्गको मैदानमा हुने यो खेल साँझ ७ः१५ बजेबाट सुरु हुँदैछ । जारी लिगमा डर्टमुण्ड ५४ अंकका साथ दोस्रो स्थानमा रहँदा ३९ अंक रहेको वोल्फसबर्ग छैटौं स्थानमा छ ।

आज अन्य हुने खेलहरूः

  • एससी फ्रेइबर्ग भर्सेस वेर्डर– साँझ ७ः१५
  • पाडर्बन भर्सेस होफेनहम– साँझ ७ः१५
  • मोन्चेन्ग्लाडबेच भर्सेस लिभरकुसेन– साँझ ७ः१५
Loading...