गाउँमै राँगा नार्नु पर्छ(गजल)

ध्रुवचन्द्र दवाडी

विदेश हैन अब दाजु गाउँमै राँगा नार्नु पर्छ ।
सहरिया हाम्रो बसाइआजै गाउँमा सार्नु पर्छ ।।

सुन्दर अनि हरियालीप्रकृतिको स्वर्णिम ठाउँमा
माउ भैंसी गोठमा पाली घरमै नौनी खार्नु पर्छ ।

भोकमरी र अनिकालमा सारा विश्व डुब्दै गर्दा
खेतमा अन्न उब्जाउ गरीहाम्रो छाक टार्नु पर्छ ।

कोरोना र भ्रष्टाचारले खस्किएको अर्थतन्त्र
विदेश बस्तु निर्यातगरी गाउँमै डलर झार्नु पर्छ ।

हिजो धन सम्पत्ति र सुख खोज्ने आशै आशमा
उजाडिएका गाउँ बस्ती अब उर्वर पार्नु पर्छ ।

Loading...