विराटनगर, १० जेठ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ३ लाख ३२ हजार नाघेको छ ।
संक्रमितको संख्या बढेसँगै ब्राजिल बढी संक्रमित हुनेदेशरुको सूचीको दोस्रो नम्बरमा छ । पहिलो स्थानमा रहेको अमेरिकामा साढे १६ लाख संक्रमित छन ।
ब्राजिलमा ३ लाख ३२ हजार संक्रमित मध्ये पछिल्लो २४ घण्टामा २० हजार बढि थपिएका हुन ।
कोरोनाका कारण ब्राजिलमा २१ हजार १ सय बढीको मृत्यु भएको छ भने एकलाख ३५ हजार चारसय उपचारपछि निको भएका छन ।