Rumpum

Rumpum Advertisement

थप ३२ जनामा कोरोना संक्रमण, ५४८ पुग्यो संक्रमितको संख्या

थप ३२ जनामा कोरोना संक्रमण, ५४८ पुग्यो संक्रमितको संख्या

विराटनगर, १० जेठ । नेपालमा शनिबार बिहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार बिहान ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार कपिलबस्तुमा ८ जना, सर्लाहीमा १३ जना, सर्लाही, बारा, काठमाडाैं,रूपन्देही र चितवनमा थप १-१ जनामा काेराेना संक्रमण पाेजेटिभ देखिएकाे हाे ।

कपिलबस्तुकाे वाणगंगा नगरपालिकामा संक्रमण पुष्टि भएकाहरू १७ देखि ४२ वर्ष उमेर समुहका छन । जसमा एक जना महिला पनि छन । सर्लाहीकाे गाेडैता र कविलासी नगरपालिकामा १८ वर्षदेखि ३५ वर्ष उमेर समुहका १३ जना पुरूषमा संक्रमण पुष्टि भएकाे हाे ।

संक्रमण पुष्टि भएका मध्ये बाराकाे करैयामाइ गाउँपालिकाकी ३७ वर्षिय महिला, काठमाडाैंका ३५ वर्षिय पुरूष, रूपन्देहीकाे गैडहवा र राेहिणी गाउँपालिकामा २० देखि ५५ वर्ष उमेर समुहका ८ जना पुरूष छन । चितवनकाे भरतपुर ६ का ५२ वर्षिय पुरूष छन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैं, प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला भैरहवा र भरतपुर अस्पताल काेभिड १९ प्रयाेगशालमा परिक्षण गर्दा ३२ जनाकाे रिपाेर्ट पाेजेटिभ देखिएकाे हाे ।