मेवाखोलामा एकजना मृत भेटिए

ताप्लेजुङ, १० जेठ । ताप्लेजुङका एक युवक मृत भेटिएका छन् । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ४ का २१ बर्षीय केशव खवास मृत भेटिएका हुन ।

६ जेठमा उनी मेवाखोलामा हामफाली बेपत्ता भएका थिए ।

खवासको खोजतलास गर्ने क्रममा शुक्रवार साँझ ७ बजे घटनास्थल भन्दा करिव २०० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

Loading...