सुनसरीमा ट्याक्टर दुर्घटनाः एकजनाको मृत्यु

सुनसरी, १० जेठ । सुनसरीमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सुनसरीको गढी गाउँपालिका– ६ मा भएको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालककको दुहवी नगरपालिका– ११ का २४ बर्षीय फुलचन ऋषिदेवको मृत्यु भएको हो ।

शुक्रवार दिउँसो साँढे २ बजेको समयमा सत्तेरझोडा स्थित कच्ची बाटोमा उत्तरबाट दक्षिण तर्फ ईट्टा बोकेर जाँदै गरेको को १ त ९६८९ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रीत भई दुर्घटना भएको थियो ।

चालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।

दुर्घटनामा ट्याक्टरका सह–चालक २३ बर्षीय सञ्जय पासवान घाईते भएका छन् । उनको जिल्ला अस्पताल ईनरुवा उपचार भइरहेको छ ।

Loading...