मोरङमा शुक्रबार ६० जना भित्रिए, क्वारेन्टाइन थप गरिदै

विराटनगर, १० जेठ । मोरङमा क्वारेन्टाइनमा एकै दिन ६० जना थपिएका छन् । शुक्रबार भारतबाट तथा अन्य क्षेत्रबाट लुकिछिपी माेरङ भित्रिएका ६० जनालाइ क्वारेन्टाइनमा राखिएकाे हाे ।

यो संँगै क्वारेन्टाइनमा बस्नेको संख्या २०० पुगेको छ ।

केही दिन अघिसम्म मोरङका २२ क्वारेन्टाइन खाली अवस्थामा थिए । तर भारतमा रेलसेवा सुरु भएसँगै क्वारेन्टाइनमा बस्नेको संख्या बढेको हो ।

जिल्लाभरी ४४५ जना अटाउने क्षमताका क्वारेन्टाइन छन ।

शुक्रबार थप ६० जनालाई क्वारेन्टाइनमा राखिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादु राईले जानकारी दिए । बिहीबार १४० जना क्वारेन्टाइनमा थिए ।

भारतबाट नेपाल भित्रिनेकाे क्रम बढेपछि स्थानीय तहले क्वारेन्टाइन थप गर्ने तयारी थालेका छन । कानेपाेखरी गाउँपालिकाले १०० बेडकाे क्वारेन्टाइन थप गर्ने तयारी गरेकाे छ ।

अन्य स्थानीय तहले पनि क्वारेन्टाइन थप गर्ने तयारी गरिरहेका छन ।

झपाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार भापाका विभिन्न क्वरेन्टाइनमा ७ सय जना बसेका छन् । शुक्रबार भारतबाट आएको रेकर्ड छैन ।

सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार बिहीबार क्वारेन्टाइनमा एकसय जना थिए । होल्डिङ एरियामा ७९ जना थिए ।

शुक्रबार क्वारेन्टाइनमा ९६ जना र होल्डिङ एरियामा ८८ जना थिए ।

Loading...