विराटनगर,१० जेठ । भारतमा कोरोना संक्रमितको संख्या १ लाख २४ हजार नाघेको छ ।
वोल्डोमिटरको तथ्याङक अनुसार शनिबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या १ लाख २४ हजार ७ सय नाघेको हो ।
संक्रमित मध्ये ३ हजार ७ सय बढिको ज्यान गएको छ । ५१ हजार उपचारपछि निको भएको छ ।
भारतमा कोरोना संक्रमणको दर उच्च छ ।