मोरङका पत्रकारको कोरोना बिमा

विराटनगर, १० जेठ । नेपाल पत्रकार महासंघ मोरङले पत्रकार र पत्रकारको परिवारसहित २ सय ५ जनाको कोरोना बिमा गरेको छ ।

मोरङमा कार्यक्षेंत्र बनाएर काम गरिरहेका पत्रकारको परिवारसहित महासंघ मोरङ शाखा र विराटनगरको सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको सहकार्यमा १ लाख रुपैयाँ बराबरको कोरोना बिमा गरेको हो ।

नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेललाई एकमुष्ट पोलेसी एजेड बीमा कम्पनीका क्षेत्रीय शाखा प्रमुख केदारबहादुर खत्रीले शुक्रबार हस्तान्तरण गरे ।

मोरङमा पनि कोरोना भाइरसको संक्रमण बढिरहेको बेला पत्रकारहरुको कोरोना बिमा गरिएको हो ।

फ्रन्ट लाइनमा रहेर काम गरिरहेका संचारकर्मीलाई कोरोना संक्रमण भएको प्रमाणित भएलगत्तै दाबी गरे १ लाख रुपैयाँ पाउने पत्रकार महासंघ मोरङका सचिव अर्जुन आचार्यले जानकारी दिए ।

Loading...