Rumpum

Rumpum Advertisement

विश्वमा काेराेना : साढे २१ लाख उपचारपछि निको, ४४ हजारको अवस्था गम्भिर

विश्वमा काेराेना : साढे २१ लाख  उपचारपछि निको, ४४ हजारको अवस्था गम्भिर

विराटनगर, १० जेठ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस( कोभिड१९) लाई पराजित गर्दै निको हुनेको संख्या २१ लाख ५८ हजार नाघेको छ । विश्वभर ५३ लाख संक्रमित छन् । ती मध्ये २१ लाख ५८ हजार ४ सय बढी कोरोना मुक्त भएका हुन ।

२८ लाख २ हजार ८१० जना कोरोना संक्रमित उपचार गराइरहेका छन् ।

उपचार गराइरहेका मध्ये ४४ हजार ५ सय ८४ जनाको अवस्था गम्भिर छ । २७ लाख ५८ हजारको अवस्था सामान्य छ ।

वोल्डोमिटरको तथ्याङक अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार ९ सय माथि पुगेको छ ।

कोरोनाको केन्द्र बिन्दु अमेरिकामा १६ लाख ४५ हजार संक्रमित छ । ती मध्ये ९७ हजार बढीले ज्यान गुमाएका छन् ।

अमेरिका पछि ब्राजिलमा ३ लाख ३० हजार र रसियामा ३ लाख २६ हजार बढी कोरोना संक्रमित छन ।