कोरोना कहर : शुक्रबार ५९ जना बढ्दा २१ जना घर फर्किए

विराटनगर, ९ जेठ । नेपालमा शुक्रबार दिनभरमा ५९ जना कोरोना संक्रमति थपिदाँ २१ जना डिस्चार्ज भएका छन् ।

शुक्रबार बेलुकासम्म कोरोना भाइरस (कोभिड १९)को संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।

शुक्रबार बेलुकी थप ९ जना संक्रमित भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो । शुक्रबार बिहान ३० जना दिउँसो २० जना संक्रमित थपिएका थिए ।

बेलुकासम्ममा बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमित भेटिएका हुन् ।

बारामा ६ जना पुरुष तथा सप्तरीमा १ जना पुरुषमा कोरोना संक्रमण भएको छ ।

यस्तै मकवानपुर र भक्तपुरमा एक एक महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

नेपालमा हालसम्म ७१ जना संक्रमित भने निको भएका छन् ।

उनीहरु पुर्णरुपमा स्वस्थ्य भएर घर फर्किएका छन् । यस्तै निको हुनेहरुको संख्या शुक्रबार सबै भन्दा बढी २१ जना रहेको छ ।

नेपालगञ्जमा कोरोना उपचार गराइरहेकी ७ वर्षीया बालिका र बाँकेका पहिलो संक्रमित पुरुषसहित २१ जना निको भएका हुन् ।

अहिलेसम्म कोरोना संक्रमणको कारण ३ जनाको मृत्यु भएको छ ।

Loading...