कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ लाख ३६ हजार नजिक, अमेरिकामा ९६ हजार ५ सय बढी

विराटनगर, ९ जेठ । कोरोना भइरसको कारण ज्यान गुमाउनेको संख्या ३ लाख ३६ हजार नजिक पुगेको छ ।

शुक्रबार बेलुकासम्म कोरोना भाइरसको कारण विश्वभर ३ लाख ३५ हजार ९ सय ५४ पुगेको छ ।
यस्तै संक्रमितको संख्या भने ५२ लाख २३ हजार ९ सय ३२ पुगेको छ ।

अहिलेसम्म २१ लाख १५ हजार ८ सय २९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मृत्यु हुनेमा सबैभन्दा बढी अमेरिकामा ९६ हजार ५ सय ५५ जना रहेका छन् ।

गएको २४ घण्टामा अमेरिकामा २ सय १ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ । यस्तै बेलायतमा अहिलेसम्म ३६ हजार ३ सय ९३ जनाको मृत्यु भएको छ ।

गएको २४ घण्टामा बेलायतमा ३ सय ५१ जनाको मृत्यु भएको वल्डोमिटरले जनाएको छ ।

भारतमा ३ हजार ७ सय ७ जनाको मृत्यु भइसकेको छ । यस्तै गएको २४ घण्टामा १ सय २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Loading...