आर्थिक अभावले विराट मेडिकल कलेजमा मृगौला पीडितको ‘बिचल्ली’, लकडाउनले चन्दा उठाउन पनि दिएन

यज्ञ अधिकारी

रंगेली, ९ जेठ । सिरहाका मृगौला पीडित जसिलाल दास आर्थिक अभावको कारण बिचल्लीमा परेका छन् ।

जसिलाल

मृगौलाको उपचारमा ठूलो खर्च गरिसकेका दासलाई रकम अभावले अस्पतालले डिस्चार्ज गर्दा पनि घर जान सकेका छैनन् ।

सिरहाको लहान नगरपालीकाका २४ वर्षीय दास ५ महिनायता मृगौला राेगका पीडित छन । ‘पाँच महिनामा कस्तो हुन्डरी पसे जस्तो भयो सबै उडाएर लग्यो ।’ जसिका दाजु कृष्णले कोशी अनलाइनसँग भने ‘ भाइको उपचारमा घरखेत सबै सकियो ।’

जसिलालको उपचारमा १२ लाख बढी खर्च भई सकेको उनले बताए । उनी तीन महिनायता मोरङको विराट मेडिकल कलेजमा भाइको उपचार र डाइलासिस गराई रहेका छन् । भाइको उपचारको लागि उनले अस्पताल नजिकै कोठा समेत खोजेका छन् ।

सिरहा घरबाट भाइलाई ल्याउन लैजान असहज भएकोले यतै कोठा खोजेर बसेको उनले बताए । लकडाउनका कारण कोठा आउजाउ गर्न पनि समस्या भएको उनले बताए । घरजानुपर्दा एम्बुलेन्स भाडा मात्र ५ हजार लाग्ने उनले बताए ।

चन्दा मागेर विरामीलाई खाना

साथी भाईसँग सय–पचास मागेर खानाको जोहो गरिरहेका छन । बेला बेला अस्पतालमा विरामी लिएर आएका कुरुवाको सहयोगले अस्पतालको बसाई कटिरहेको छ ।

जसिलालका दाजु कृष्ण

केही दिन अगाडी भाई सिकिस्त भएका कारण उनले उपचारका लागि अस्पताल ल्याएका थिए । अस्पताल र औषधिको बिल २ लाख ५० हजार माथि पुगेको छ । आर्थिक अवस्था नभएका कारण अस्पतालले भनेको रकम तिर्न नसकेको उनले बताए ।

बैदेशिक रोजगारीले दिएको विमार

तीन वर्ष अघि जसिलाल वैदेशिक रोजगारीका लागि कतार गएका थिए । विवाह गरेको ६ महिना नबित्दै धनकमाउन गएका उनी मृगौलाको रोगी बनेर फर्किए ।

कतार पुगेको एक वर्ष पछि उनमा स्वास्थ्य समस्या देखिन थालेको थियो । उपचार गराउँदा कतारमै उनको मृगौलामा समस्या देखिएपछि कम्पनीले नेपाल पठाइए दिएको थियो ।

नेपाल आएर काठमाडौंको वीर अस्पतालमा उचपार गरे । वीर अस्पतालमा उनको ४ पटक डाइलासीस भएको थियो ।

लाइनमा बस्नु पर्ने कारणले डाक्टरले निजि अस्पतालमा डाइलासिस गराउन सुझाए पछि भाइलाई विराटनगर ल्याएको कृष्णले बताए ।


लकडाउनले सहयोग जुटाउन समस्या

लकडाउनको कारणले आर्थिक संकलन गर्न नसकेको कृष्णले बताए । आफ्नो परिवार सँग भएको सबै जायजेथा सकिएकोले सहयोग संकलन गर्दै हिडन लकडाउनको कारणले नपाएको उनले बताए ।

‘सहयोग जुुटाएर अस्पतालको सबै चुक्ता गर्ने थिए लकडाउनले पाईन ।’ कृष्णले भने ‘ आफूसँग पैसा छैन् ।’

उनी आर्थिक सहयोग जुटाएर भए पनि भाईको मृगौला फेर्ने योजनामा थिए । तर लकडाउनको कारणले उनले त्यसलाई अगाडी बढाउन सकेका छैनन ।

‘लकडाउनले आर्थिक सहयोग जुटाउन नपाउँदा भाईको मृगौला फेर्न सकिएन ।’ कृष्णले भने ‘ मेरो आफ्नै मृगौला नभए परिवारका अरुको दिएर भाईलाई ठिक पार्ने थिए ।’ कृष्ण र जसिलालको १८ जनाको परिवार रहेको छ ।

जसिलालको उपचार भइरहेको बताउँदै विराट मेडिकल अस्पतालका व्यवस्थापक सुधिर राठोरले पैसा बुझाएपछि डिस्चार्ज गरिने बताए । ‘उनले अस्पताललाई तिर्नु पर्ने ७३ हजार भए पनि उपचार गरिहेको छौ ।’ उनले भने ‘अहिलेको अवस्थामा हामीले उनको डाइलासी लागयतको उपचार गरिरहेका छौं ।’

आर्थिक अवस्था नाजुक रहेकोले सबैकाे सहयोग आवश्यक रहेको उनले बताए ।

Loading...