सिद्धबाबाको आश्रम संक्रमितको उपचार केन्द्र

विराटनगर, ९ जेठ विवादास्पद धर्मगुरु सिद्धबाबा कृष्णदास भनिने कृष्णबहादुर गिरीले सञ्चालन गर्दै आएको आश्रमलाई कोरोना संक्रमितको उपचारका लागि प्रयोग गरिने भएको छ ।

शुक्रबार मुख्यमन्त्री शेरधन राईको संयोजकत्वम बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले सुनसरी बराहक्षेत्रमा रहेको जगतगुरी श्रीरामानन्दाचार्य सेवापीठ बराहक्षेत्रको भवनलाई २ सय बेडको कोरोना अस्पताल बनाउने निर्णय गरेको हो ।

प्रदेश सरकारले प्रदेशमा थप ८५० बेडको अस्पताल तयार गर्ने तयारी गरेको छ ।

कोशी कोभिड १९ उपचार केन्द्रमा १ सय, झापामा २ सय, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ २ सय, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ३ सय नेपाली सेना इटहरीमा ५० गरी थप ८ सय ५० बेड थप गर्ने निर्णय गरेको छ ।

भारतबाट आउनेहरुलाई राख्नका लागि १५ हजार बेडको होल्डिङ एरिया निर्माण गरिरहेको छ । इलाममा २ हजार, झापामा ४ हजार, मोरङमा ५ हजार र सुनसरी जिल्लामा ४ हजार बेड राखिने छ । भारतसँग सीमा जोडिएका जिल्लाहरुका १० ठाउँमा ११ सय ३ वटा बेड बनिसकेका छन् ।

Loading...