धनकुटा बजारको सिल हटाइयो

धनकुटा, ९ जेठ । धनकुटामा कोरोना संक्रमित भेटिएपछि गरिएको सिल शुक्रबारबाट हटाइएको छ ।
जिल्ला अस्पताल धनकुटका स्वास्थ्यकर्मी तथा अन्य गरी ५ जनामा कोरोना संक्रमण भएपछि अस्पताल वरपर र बजार क्षेत्र सिल गरिएको थियो ।

अस्पताल परिसर वरपर भने सिल अझै लागु गरिएको छ । तर बजार क्षेत्रमा भने खुला गरिएको हो । बजार क्षेत्रमा गरिएको सिल हटाइएको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले बताए ।

Loading...