कोरोना संक्रमितको उपचारको लागि बेड संख्या बढाइने

विराटनगर, ९ जेठ । कोरोना संक्रमितको उपचारको लागि प्रदेश १ का विभिन्न अस्पतालमा बेड थप गर्न लागिएको छ ।

शुक्रबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले बेड संख्या बढाउने निर्णय गरेको हो ।

यसमा कोशी कोभिड अस्पताल १ सय बेड पुर्याउने भएको हो । अहिले कोशी अस्पतालमा ५० शैय्याको अस्पताल छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हाल १ सय बेड क्षमतालाई बढाएर ३ सय बेड क्षमताको बनाउने निर्णय गरिएको छ ।

यस्तै झापामा २ सय, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ २ सय, कृष्णदास आश्रम बराहक्षेत्र २ सय र नेपाली सेना इटहरीमा ५० गरी थप ८ सय ५० बेड कोरोना संक्रमितको उपचारको लागि थप गरिने भएको छ ।

Loading...