रुसमा संक्रमणबाट निको हुनेको संख्या १ लाख नजिक

मस्को, ९ जेठ । केहि साता देखि रुसमा कोरोना भाइरसका संक्रमितको संख्या दैनिक ८ हजार बढीले बढिरहेको बेला निको भएर घर फर्किनेको संख्या एक लाख नजिक पुगेको छ ।

रुसमा आज पनि ८ हजार बढीमा संक्रमण देखा परेपछि संक्रमितको संख्या ३ लाख २५ हजार नाघेको छ ।

अहिलेसम्मको वर्ल्डोमिटरका तथ्यांक अनुसार रुसमा आज ८ हजार ८ सय ९४ नयाँ संक्रमितहरू रेकर्ड भएको छ ।

आज नयाँ संक्रमित थपिएसंगै रुसमा ३ लाख २६ हजार ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । ती संक्रमितमध्ये आज १ सय ५० जनाको मृत्यु भए संगै मृत्यु हुनेको संख्या ३ हजार २ सय ४९ पुगेको छ ।

रुसमा संक्रमितको संख्या लगातार बढे पनि मृतुदर भने कम रहेको बेला आजको मृतकको संख्या केहि दिन यताको उच्च रहेको छ ।

९९ हजार ८ सय २५ जना सफल उपचार पछि निको भएर घर फर्किसकेका छन् भने २ लाख २३ हजार ३ सय ७४ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।

यी मध्ये २३ सय गम्भीर अवास्थ्यमा छन् । रुस अहिले कोरोना प्रभावितको सुचिमा अमेरिका पछि दोस्रो नम्बरमा छ ।

Loading...