गुजरातबाट आएका थिए रतुवामाईका नयाँ संक्रमित

विराटनगर,९ जेठ । मोरङको रतुवामाईमा कोरोना संक्रमण पुष्टि भएका पुरुष गुजरातबाट आएको पाइएको छ ।

शुक्रबार रतुवामाई नगरपालिका – २ का ४१ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित पुरुष अन्य तीनजना साथीसँगै गुजरातबाट आएका हुन ।

वडा अध्यक्ष किरणलालसिंह गनगाईका अनुसार संक्रमित युवक ७ जेठमा गाउँ आइपुगेका थिए । उनीसँगै आएका अन्य तीनजनालाई सीमा क्षेत्रमा रहेको क्वारेन्टाइनमा राखिएको उनले बताए ।

अध्यक्ष गनगाईका अनुसार आडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि गुजरातबाट आएका व्यक्तीको पीसीआर जाँच गरिएको थियो ।

संक्रमितको अवस्था सामान्य छ । उनलाई कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र भर्ना गरिने छ ।

रतुवामाई नगरपालिका १ मा ५ जेठमा एकजनामा कोरोना संक्रमण देखिएको थियो । यो सँगै मोरङमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ ।

संक्रमित मध्ये २ जना रतुवामाई र २ जना विराटनगरका हुन । प्रदेश १ मा संक्रमितको संख्या ८५ पुगेको छ ।

Loading...