पाकिस्तानमा संक्रमितको संख्या ५० हजार नाघ्यो

पाकिस्तान, ९ जेठ । पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या ५० हजार नाघेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार पाकिस्तानमा २ हजार ६ सय ३ संक्रमित थपिए सङ्गै संक्रमितको संख्या ५० हजार ६ सय ९४ पुगेको हो ।

पाकिस्तानमा संक्रमित मध्येका ५० जनाको ज्यान गएपछि हालसम्म त्यहा १ हजार ६७ व्यक्तिको अहिलेसम्म मृत्यु भएको छ ।

जम्मा बिरामीहरू मध्ये सिन्धमा १९ हजार ९ सय २४, पंजाबमा १८ हजार ४ सय ५५ , खैबर-पख्तूनख्वामा ७ हजार १ सय ५५, बालोचिस्तानमा ३ हजार ७४, इस्लामाबाद १ हजार ३ सय २६, गिलगित-बल्टिस्तान ६ सय २ र पाकिस्तानले कब्जा गरेको कश्मीरमा १ सय ५८ वटा बिरामी रेकर्ड गरिएको छ ।

संक्रमितहरुमध्ये १५ हजार २ सय १ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । विभिन्न अस्पतालमा ३४ हजार २ सय ४६ जना संक्रमितले उपचार गराइरहेका छन् ।

यी मध्ये १ सय ११ गम्भीर अवास्थ्यमा छन् । पाकिस्तान अहिले कोरोना प्रभावितको सुचिमा उन्नाइसऔ नम्बरमा छ ।

Loading...