मार्टिनेज पूर्ण खेलाडी, हालाण्डलाई लिभरपुल सुहाउँछ : फाबियो कापेलो

स्पेनिस क्लब बार्सिलोना आउने तयारीमा रहेका अर्जेन्टिनी खेलाडी लाउटारो मार्टिनेज एक पूर्ण खेलाडी भन्दै रियल मड्रिडका पूर्व प्रशिक्षक फाबियो कापेलोले खुलेर प्रशंसा गरेका छन् ।

इटालीका राष्ट्रिय टोलीका खेलाडी समेत रहेका कापेलोले मार्टिनेजमा रहेको प्रतिभाको सकारात्मक विश्लेषण गरेका छन् । स्पेनिस रेडियो कार्यक्रम ‘एल लार्गेरो’ सँगको विशेष कुराकानीमा कापेलोले मार्टिनेज एक उत्कृष्ट खेलाडी बताएका छन् ।

‘मार्टिनेजसँग सबै कुरा छ, उनीसँग एउटा खेलाडीमा हुनु पर्ने धेरैजसो गुणहरु छन् । चाल छिटो छ, गोललाई सही दिशा दिने मार्टिनेजको क्षमता धेरै राम्रो छ ।’

तर, मार्टिनेज बार्सिलोना जाने कुरामा भने कापेलो फरक मत राख्छन् । बार्सा गएर लुईस स्वारेजसँगै टिममा पर्न मार्टिनेजलाई धेरे गाह्रो पर्ने उनको विश्लेषण छ ।

‘मेरो विचारमा बार्सा गएर बेन्चमा बस्नु भन्दा इन्टरबाट खेल्नुमा धेरै राम्रो कुरा हो’ कापेलो थप्छन् ।

हालाण्ड रियल आउने विषयमा बोल्दै कापेलो भन्छन्, ‘अहिले युरोपमा सबैको नजरमा परेका खेलाडी हुन् हालाण्ड तर मेरो विचारमा उनलाई ला लिगा भन्दा पनि इंग्लिस प्रिमियर लिग सुहाउँछ ।’
हालाण्ड शक्तिशाली छन्, उनको स्पिड धेरै राम्रो छ । हालाण्डको शरीर र गतिका कारण उनलाई रोक्न असम्भव प्रायः छ । तर, मलाई लाग्छ उनीसँग टेकनिकको अभाव छ ।

‘मेरो विश्लेषणमा उनलाई प्रिमियर लिग ज्यादै सुहाउँछ’ कापेलो भन्छन्, ‘उनी लिभरपुलमा माने र सलाहसँग ज्यादै फिट हुन सक्छन् ।’

Loading...