‘९० प्रतिशत रेफ्रीको समर्थन रियल मड्रिडलाई’

एजेन्सी, ९ जेठ । पूर्व स्पेनिस फुटबल रेफ्री इडुआर्डो इटुरेबल गोन्जालेजले लियोनल मेस्सीको युगअघि ९० प्रतिशत स्पेनका रेफ्रीले रियल मड्रिडलाई समर्थन गर्ने गरेको दाबी गरेका छन् ।

‘एल लार्गुइरो’सँगको अन्तर्वार्तामा गोन्जालेजले ९० प्रतिशत स्पेनिस रेफ्रीले मेस्सी ला लिगा आउनुअघि रियल मड्रिडलाई समर्थन गर्ने गरेको र बाँकी १० प्रतिशतले मात्र बार्सिलोनालाई समर्थन गर्ने गरेको बताएका हुन् ।

५३ वर्षीय गोन्जालेजले सन् १९९५ देखि २०१२ सम्म ला लिगामा रेफ्रीकाे भूमिका निभाएका थिए ।

सन् २०१२ मार्चमा रेफ्रीबाट सन्यास लिएका उनले मेस्सी स्पेन आउनुअघि स्पेनका ९० प्रतिशत रेफ्रीले रियल मड्रिडको समर्थन गर्ने गरेकाे बताएका हुन् ।

उनले हालै दिएको अन्तर्वार्तामा भने, ‘मेस्सीको युग सुरु हुनुभन्दाअघि स्पेनका ९० प्रतिशत रेफ्रीले रियल मड्रिडको समर्थन गर्थे । अन्य १० प्रतिशतले मात्र बार्सिलोनालाई समर्थन गर्थे ।’

यसैगरी उनले स्पेननका ७० प्रतिशत जनताले रियल मड्रिडको समर्थन गर्ने गरेको दाबी गरे । ‘स्पेनका ७० प्रतिशत जनता रियलका फ्यान थिए । क्याटालोनियाका मानिस पनि रियललाई नै समर्थन गर्थे, ’ उनले भने ।

Loading...