पाकिस्तानमा यात्रु बोकेको बिमान बस्तीमा दुर्घटना

एजेन्सी, ९ जेठ । पाकिस्तानमा यात्रु बोकेको विमान बस्तीमा दुर्घटना भएको छ ।

लाहोरबाट राजधानी कराची तर्फ जाँदै गरेको पाकिस्तान इन्टर्नेशनल एयरलाइन्स (पीआईए)को बिमान विमानस्थल नजिकैको बस्तीमा दुर्घटना भएको हो ।

विमानमा ९९ यात्रु र ८ जना चालक दलका सदस्य रहेका थिए ।

नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूका अनुसार लाहोरबाट कराची जाँदै गरेको पीआईए उडान शुक्रबार जिन्ना अन्तर्राष्ट्रिय एयरपोर्ट नजिकैको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

घटनाको थप विवरण आउन बाकीँ छ ।

कोरोनाका कारण प्रभावित बनेको पाकिस्तानमा केही दिनयता लकडाउन खुकुलो भएसँगै उडान सुरु भएको थियो ।

Loading...