नेपालमा आज सबैभन्दा धेरैले जिते कोरोना

विराटनगर, ९ जेठ । नेपालमा आज सबैभन्दा धेरै जनाले कोरोना भाइरसलाई पराजय गर्न सफल भएका छन् ।

आज २१ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

बाँकेका पहिलो कोरोना संक्रमित ६० वर्षीय पुरुषसहित २१ जना निको भएका हुन् ।

खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ का एक जना र ८ का २० जना निको भएर घर फर्किएका हुन् ।

निको हुनेको यो संख्या आजसम्मको सबैभन्दा धेरै हो ।

नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ । शुक्रबार थप २० जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ७ पुगेको हो ।

मन्त्रालयका अनुसार कैलालीका ३ जना, डलेल्धुराको परशुराम–१० का एक जना, बैतडीको शिवनाथ–१ का एक जना, बाँकेका १४ जना र मोरङको रतुवामाई–२ का एक जना रहेका छन् ।

Loading...