नयाँ नक्सा संबिधानमा दर्ता गराउन संसदमा प्रस्ताव दर्ता

काठमाण्डौ , ९ जेठ । सरकारले नेपालको नयाँ नक्सा संंबिधानमा शमावेश गराउन शुक्रबार संघिय संसदमा संशोधन प्रस्ताव दर्ता गराएको छ ।

शुक्रबार सरकारको तर्फबाट कानुन मन्त्री डा शिवमाया तुम्बाहाम्फेले संशोधन प्रस्ताव संसदमा दर्ता गराएकी हुन । दर्ता भएको पस्तावमा संबिधानको अनुसूची ३ मा भएको निशान छाप संशोधन गर्न माग गरिएको छ ।

संघिय संसदबाट नेपालको नयाँ नक्सा बहुमतले पारित भएपछि सरकारले सार्वजनिक गरेको न्याँ नक्सा आधिकारिक रुपमा नेपालको नयाँ नक्साका रुपमा संबिधानको अनुसूचीमा शमावेश हुनेछ ।

संबिधानमा अतिक्रमित भूमी कालापानी , लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा उल्लेख भएपछि नेपाललाई भारतसँग भूमी फीर्ता माग्नकालागि सहज हुनेछ ।

सरकारको शुक्रबारै बसेको मन्त्रीपरिषदको बैठकले नयाँ नक्सा समावेश गराउन शंबिधान संशोधन गराउने निर्णय गरेको थियो ।

Loading...