मोरङमा थप एक जनामा कोरोना संक्रमण

विराटनगर, ९ जेठ । मोरङमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मोरङको रतुवामाई नगरपालिका – २ का ४१ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

रतुवामाईमा यस अघि एकजनामा कोरोना संक्रमण देखिएको थियो ।

शुक्रबार संक्रमित थपिएसँगै मोरङमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ ।

जसमा विराटनगर महानगरपालिकाका २ र रतुवामाई नगरपालिकामा २ छन । प्रदेश १ का संक्रमितको संख्या ८५ पुगेको छ ।

देशभर संक्रमितकाे संख्या ५०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाेटाले जानकारी दिए ।

Loading...