नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघ्याे

विराटनगर, ९ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।

शुक्रबार थप २० जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ७ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आज २० जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

मन्त्रालयका अनुसार कैलालीका ३ जना, डलेल्धुराको परशुराम–१० का एक जना, बैतडीको शिवनाथ–१ का एक जना, बाँकेका १४ जना र मोरङको रतुवामाई–२ का एक जना रहेका छन् ।

Loading...