बेलायतमा कोरोनाविरुद्ध हाइड्रोक्साइक्लोरोक्वाइन परीक्षण सुरु

विराटनगर(एजेन्सी), ९ जेठ । ब्रिटेनका स्वास्थ्यसेवाकर्मीहरूले अक्सफोर्ड विश्वविद्यालयले नेतृत्व गर्ने दुई एन्टी मलेरियल ड्रगको अन्तर्राष्ट्रिय परीक्षणमा भाग लिन आटेका छन् ।

‘कोभकोप’ अध्ययनले क्लोरोक्वाइन र हाइड्रोक्सीक्लोरोक्विन कोरोना भाइरस रोक्नको लागि प्रभावकारी छ कि छैन भनेर निर्धारण गर्न युरोप, अफ्रिका, एसिया र दक्षिण अमेरिकाका ४० हजार भन्दा बढी फ्रन्टलाइन स्वास्थ्य सेवा कर्मचारीहरूलाई संलग्न गर्ने भएको छ ।

केहि दिन यता ट्रम्पले कोरोना भाइरस विरुद्धको रोकथामको लागि उनले हाइड्रॉक्सीक्लोरोक्वीन लिइरहेका बताए पछि औषधीको महत्त्व बढेको छ ।

बैंककको महिडोल अक्सफोर्ड ट्रपिकल मेडिकल रिसर्च युनिटको सहयोगमा अक्सफोर्ड युनिभर्सिटीको नेतृत्वमा चलाइएको यो परीक्षण बिहीबार ब्रिटन र अक्सफोर्डको अस्पताल साइटहरूमा बेलायती सहभागीहरूको लागि खोलिनेछ र प्रमाणित वा सङ्कास्पद बिरामीहरूसँग नजिकको सम्पर्क राहेकाहरूलाई पनि सामेल गरिने छ ।

अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर तथा अध्ययनका सहप्राचार्य अन्वेषक निकोलस व्हाइटले क्लोरोक्वाइन वा हाइड्रोक्सीक्लोरोक्वाइन कोरोना भाइरस बिरूद्ध फाइदाजनक वा हानिकारक छ भन्ने थाहा नभएको हुदा कोभिद १९लाई रोक्नको लागी ति औषधिहरू प्रभावकारी छन् कि छैन भनेर पत्ता लगाउने उत्तम तरिका क्लिनिकल परीक्षण रहेको बताउछन् ।

परीक्षणको परिणामहरू यस वर्षको अन्त्य सम्ममा आउने अपेक्षा गरिएको छ ।

Loading...