मनिषा कोइरालाको समर्थनमा उत्रिएका नेपाली कलाकार

विराटनगर, ९ जेठ । बलिउडमा लामो समयदेखि अभिनयमा सक्रिय रहेकी नेपाली अभिनेत्री मनिषा कोइरालामाथि अहिले भारतीय मिडिया तथा नागरिकहरू खनिएका छन् ।

मनिषाले नेपालको नक्साको विषयमा नेपाल सरकारले पक्ष लिएको भन्दै भारतीय नागरिक र भारतका पक्षमा रहेकाहरू उनीमाथि खनिएका हुन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई रिट्विट गरेर उनले लेखेकी छन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद ।’

अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं । उक्त ट्विटलाई रि-ट्विट गरे पछि मनिषालाई अधिकांशले देश छोडेर जान भन्न समेत पछि परेका छैनन् ।

भारतमा बसेर भारतले चिनाएको, यहाँको खाएर भारतको पक्ष नलिएको भन्दै भारतमा बस्दै आएका सम्पूर्ण नेपाली सहित भारत छोड्न भनि उनको ट्विटमा कमेन्ट गरिएको छ । संचारमाध्यमको साथ साथै सामाजिक संजालमा समेत भारतीयले उनको विरोध गरिरहेका छन् ।

यहिबीच नेपाली कलाकार तथा नेपाली जनताहरू मनिषा कोइरालाको खुलेर समर्थन गरिरहेका छन् । उनलाई समर्थन गर्दै कतिपयले भारतीय मिडियाको बिरोध गर्दै भारतले माफी माग्नुपर्ने बताएका छन् ।

मनिषाको समर्थनमा नेपाली कलाकारहरूले गरेका केहि पोष्टरू

बुधबार आफ्नो फेसबुकामा एक भिडियो सार्वजनिक गर्दै अभिनेता राजेश हमालले लिम्पियाधुरा र लिपुलेक नेपालको भू–भाग भएको र भारतले यस तथ्यलाई स्वीकार्नुपर्ने बताएका छन् । नेपालसँग यसको पुरा प्रमाण भएको र हामी नेपालीहरू बिनम्रताका साथ भारतले तथ्य स्वीकार्नु पर्ने अनुरोध गरेका छन् ।

यहि विषयमा मनिषाको समर्थन गर्दै गायिका इन्दिरा जोशीले मनिषासंगको तस्विर सार्वजनिक गर्दै सत्यको पक्षमा उनी उभिएको मनिषालाई एक बहादुर, शक्तिशाली र प्रतिभाशाली महिला र उनि धेरैका लागि उदाहरण रहेको लेखेकि छिन् ।

त्यस्तै निर्देशक तथा कलाकार दिपक राज गिरीले एक भिडियो सार्वजनिक गर्दै २० वर्ष अफिसमा काम गर्दैमा त्यहाको हाकिम बुवा नहुने बताएका छन् । साथैम उनले भारतीय मिडिया प्रति ब्यङ्ग गर्दै रमाइलो पोष्ट पनि सार्वजनिक गरेका छन् ।

नायिका पूजा शर्माले भने भारतीय मिडियामाथि आक्रोश पोख्दै नेपालका मिडीयाहरूले खासै आवाज उठाउन नसकेको भन्दै दुख ब्यक्त गरेकी छिन् ।

आफ्नो व्यक्तित्व र अभिनयका कारण विश्वकै मन जित्न सफल नायिका मनिषा कोइरालाले नेपाली भूमिको बिषयमा टिप्पणी गर्दा भारतीय मिडिया रोइलो गरिरहेका छन् ।

जन्मदिने आमालाई पराई ठानेर आफ्नै आमाको अङ्ग लुच्छ्ने पराईलाई आमा भन्न नसकिने पूजा लेख्छिन् ।

यस्तैमा अभिनेत्री मनिषा कोइरालाको एक ट्विटलाई लिएर आफ्नो माटोको पक्षमा बोल्ने एक नायिका माथी गाली गलौज जस्तो तल्लो स्तरमा उत्रिएका भारतीय मिडियाहरूको पासिना छुटेको भन्दै सन्चारकर्मी रवि लामिछानेले आफनो सामाजिक सन्जालमा फेसबुकमा लेखेका छन् ।

रवी लेखछन्, ‘कहिल्यै अर्काको उपनिवेश नभएको, स्वतन्त्रता दिवस कहिल्यै मनाउन नपर्ने, जन्मै देखि स्वतन्त्र देश नेपालकी छोरी हुन् । मनिषा कोइराला, अनि बोल्दिनन तरु साथै उनले उनले ईतिहास जाँच गर्न, प्रमाणहरू संकलन गर्न, तथ्यलाई नबुझेसम्म पढेर मात्र आफ्नो स्टुडियोमा पुग्न वा नचाहिने कुरालाई रोक्न भारतीय पत्रकार साथीहरुलाई सिफारिस गरेका छन् ।’

यस्तैमा भारतीय मिडियाहरूबाट आफुले दुईपैसे नौटंकीभन्दा बढी आशा नराखेको भन्दै अभिनेत्री ऋचा शर्मा लेख्छिन् ।

ऋचा लेखछिन्, ‘मनीषाले आफ्नो पौरख र प्रतिभाले नाम र नामसँगै लाखौं प्रशंसक कमाएकी हुन् । बीसौं वर्ष कुनै संस्थामा काम गरेपनि त्यसका हाकिम मेरा लागि सधैं हाकिम हुन्, माता वा पिता होइनन् ।’

अभिनेत्री मनिषा कोइरालाको समर्थन गर्दै अभिनेत्री वर्षा राउतले भारतीय मिडियाले उहाँमाथी गरेको आक्रमण र अपमानको हामी सम्पूर्ण नेपाली चलाचित्रकर्मीले बिरोध गर्न जरुरी रहेको भन्दै पोस्ट गरेकी छिन् ।

वर्षा लेख्छिन्, ‘पसीना बेच्न सकिन्छ, आमा होईन १ मनीषा कोईराला दिदीले आफ्नो आमामाथि हस्तक्षेप सहनु भएन, त्यसैले उहाँले आफ्नो अपमानसँग नडराई मातृभूमीको सम्मानमा उभिनु भयो । हाम्रो मातृभूमी र हाम्रो स्वाभिमान प्रतिको हस्तक्षेप कदापि स्वीकार्य छैन ।’

यस्तैमा अभिनेत्री करिश्मा मानन्धरले मनिषा जी को भनाइलाई छिमेकी मिडियाले उहाँले लेखेको आधा लाइनलाई मात्रै फोकस गरेर अतिरंजित तरिका प्रचार गरिरहेको बताएकी छिन् ।

त्यस्तै हाँस्य कलाकार कुमार कट्टेल जिग्रीले देश को सिमाना को पक्षमा बोल्ने नेपाल कि छोरी मनिषा कोईराला ज्यु को ट्विट ले भारत हल्लाएको र उनिप्रती उच्च सम्मान व्यक्त गरेको लेखेका छन् ।

त्यस्तै कलाकार एसराज गरच, अभिनेत्री एलिजा गौतम, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा, गायक प्रमोद खरेल तथा हास्यकलाकार राजा राजेन्द्र पोखरेलले भने संचार माध्यम माथि नै आक्रोश पोख्दै मनिषाको समर्थन गरेका छन् ।

यस विषयमा कलाकारहरूबाट विभिन्न प्रतिक्रिया आउने क्रम जारी छ ।

Loading...