नेपालको नयाँ नक्सा समावेश गर्न संबिधान संशोधन हुने

काठमाडौं ,९ जेठ । नेपालको नयाँ नक्सालाई बैधानिक बनाउन अब संबिधान संशोधन हुनेभएको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको अनुसूची ३ लाई परिवर्तन गराउने निर्णय गरेपछि अब संबिधान संशोधन हुने पक्का भएको हो ।

संबिधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र रहेको नक्सालाई वास्तविक सीमा अनुसार मिलाउन संविधान संशोधन गर्ने आवश्यक भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए ।

उनका अनुसार अनुसूची ३ र निशान छापलाई परिमार्जन गर्न मात्रै संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेश हुने छ ।

भारतले नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी अतिक्रमण गरेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल सरकारले पनि अतिक्रमित नेपाली भूमी समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो ।

संसदबाट बहुमतले नेपालको नक्सा पारित भएपछि संबिधानमा नेपालको नयाँ नक्सा अनुसूचीमा शमावेश हुनेछ ।

संबिधान शंसोधन भएपछि सरकारले भारतसँग अतिक्रमित भूमी फिर्ता ल्याउन कुटनैतिक वार्ता गर्ने बाटो सहज हुनेछ ।

Loading...