Rumpum

Rumpum Advertisement

चौतर्फी विरोधपछि रोकियो हरिनगरामा मुसहरहरूको घर भत्काउने काम

चौतर्फी विरोधपछि रोकियो हरिनगरामा मुसहरहरूको घर भत्काउने काम

विराटनगर, ९ वैशाख । सुनसरीको हरिनगरा–३ गौतमपुरमा बाटो विस्तार गर्न भन्दै लकडाउनको समयमा मुसहरहरूको घर भत्काउने काम रोकिएको छ ।

लकडाउनले पीडित भएका गरिब मुसहर समुदायको घर भत्काएर वडा कार्यालयले बिचल्नी बनाएको भन्दै चौतर्फी विरोध भएपछि घर भत्काउने काम रोकिएको हो ।

वडा अध्यक्ष अरबिन्द मेहताले वर्षौंदेखि सडक किनारमा बासोवास गर्दै आएका मुसहरहरूलाई बिनाविकल्प र जानकारी नदिई मुसहर बस्तीमा डोजर चलाएर घर भत्काइदिएका थिए ।

लकडाउनको समयमा दलितहरूको घर भत्काएर अमानवीय कार्य गरेको भन्दै बडा अध्यक्षको दलित अधिकारकर्मी र मानव अधिकारकर्मीहरूले चर्को विरोध गरेका थिए ।

वडा कार्यालयले मंगलबार र बुधबार बासोवास गर्दै आएका २५ घर परिवार मुसहरहरू बिचल्नीमा परेका थिए । बिहीबार गाउँपालिका अध्यक्ष गफार अन्सारी आफैँ आएर घर भत्काउने कार्य रोक्ने, भत्किएका घर पुनर्निर्माणमा सहयोग गर्ने, राहत दिने र लकडाउनपछि एलानी जग्गा खोजी गरेर मुसहरी बस्ती पुनर्स्थापित गराएर मात्र बाटो थप बिस्तार गर्ने सहमति गरेका छन् ।

पालिकाले घर भत्काउने कार्य रोकेर साविकै ठाउँमा बासोबास गर्न दिनेभएपछि विस्थापित मुसहरहरू पुनर्स्थापित भएका छन् ।

वडा कार्यालयले ११ लाख बजेट फ्रिज हुने भन्दै लकडाउनको समयमा दलित बस्तीमा डोजर चलाएर बाटो विस्तार गर्न थालेको थियो ।

भत्किएकै घरमा मर्मत गरेर बस्न दिने भएप्छि आफूहरूले सहमति जनाएको पीडित अनन्दि ऋषिदेवले बताए ।