भारतीय मिडियाबाट दुईपैसे नौटंकीभन्दा बढी आशा गरेको छैन : ऋचा शर्मा

एजेन्सी, ९ जेठ । अभिनेत्री मनिषा कोइरालाकोको समर्थन गर्दै भारतीय मिडियाविरुद्ध सामाजिक सञ्जालमा नेपाली कलाकारहरूको भनाइहरू सार्वजनिक भइरहेका छन् ।

kala

यस्तैमा भारतीय मिडियाहरूबाट आफूले दुईपैसे नौटंकीभन्दा बढी आशा नराखेको भन्दै अभिनेत्री ऋचा शर्माले आफ्नो सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन् ।

ऋचा लेखछिन्, चाहे ‘१९४२ अ लभ स्टोरी’ होस् या ‘दिल से’ वा ‘खामोशी’, मनिषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम र नामसँगै लाखौं प्रशंसक कमाएकी हुन् । भारतकै भूमिमा जन्मिएका कैयन् कलाकारहरू समयसँगै बलिउडको चौघेराबाट हराउँदै गए पनि मनिषा आजपर्यन्त बलिउडमा दह्रिलो उपस्थिति जनाएर बसेकी छन् ।’

‘कसैको कृपा र परोपकारले उनी बलिउडमा छाएकी होइनन् । प्रियंका चोपडाले अचेल हलिउडमा राम्रो स्थान बनाइरहेको भएपनि उनले आफ्नो मातृभूमि भारतलाई बिर्सिएकी छैनन् । समय-समयमा मातृभूमिलाई धन्यवाद दिइरहने प्रियंकालाई भारतले आफ्नो गहना भनेर स्वीकार्छ । सानिया मिर्जाले खुलेर आफ्नो मुलुकको प्रशंसा गरिरहन्छिन् । पाकिस्तानी मिडियाले उनलाई कहिल्यै ‘विदेशी दलाल’ भनेर दुत्कार्दैन । म चाहे बीसौं वर्ष कुनै संस्थामा काम गरूँ, त्यसका हाकिम मेरा लागि सधैं हाकिम हुन्, माता वा पिता होइनन् ।

तर, भारतीय मिडियाहरूले समाचार तथा  तटस्थ विचार नभएर खोक्रो राष्ट्रवाद र समाजलाई भड्काउने नारा बेच्ने हुदा उनि भारतीय मिडियालाई दोष नदिने बताउँछिन् । साथै आफूले कहिल्यै उनीहरूबाट यस्तो दुईपैसे नौटंकीभन्दा बढी आशा नगरेको उनी थप्छिन् ।

Loading...