Rumpum

Rumpum Advertisement

काेराेनाविरुद्ध बंगलादेशलाई सफलता, बनायाे यस्ताे औषधि

काेराेनाविरुद्ध बंगलादेशलाई सफलता, बनायाे यस्ताे औषधि

एजेन्सी, ९ जेठ । बंगलादेशमा आधारित औषधि निर्माता बेक्सिम्कोले, एन्टिवाइरल औषधि रिमडेसिभिरको एक जेनेरिक तयार गर्ने विश्वको पहिलो कम्पनी बनेको छ ।

बीबीसीका अनुसार रिमडेसिभिर मूल रूपमा अमेरिकी कम्पनी गिलियड साइंसेजद्वारा विकसित गरिएको थियो र इबोलाको उपचारका लागि बनाइएको थियो ।

औषधिले मानव शरीरमा उपस्थित भाइरस शरीरभित्र पस्दा संख्या बढाउने  ईन्जाइमलाई आक्रमण गर्छ ।

संयुक्त राज्य अमेरिकामा गरिएको एक अनुसन्धानले रिमडेसिभिरले गम्भीर बिरामी व्यक्तिहरूको रिकभरि समय घटाउन मद्दत गर्ने पत्ता लागेको हो ।

तर, औषधिको सेवनले संक्रमितको बाँच्ने दरमा कुनै उल्लेखनीय सुधार देखिएको भने छैन ।

विज्ञहरूले  रिमडेसिभिरलाई कोरोना भाइरसलाई निको पार्ने जादुको रूपमा नहेर्न चेतावनी दिएका छन् ।

तर, कोविड १९ को कुनै स्पष्ट उपचार नभएको हुँदा धेरै देशहरू यस औषधि प्रयोग गर्न इच्छुक छन् ।

बेक्सिमकोको उपलब्धिले दक्षिण एशियाका धेरै देशहरूमा यस औषधिको तत्काल आपूर्ति सुनिश्चित गर्छ ।