टेकु अस्पताललाई स्वाब कलेक्सन बुथ हस्तान्तरण

विराटनगर, ८ जेठ । नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेशले टेकु अस्पताललाई आधुनिक स्वाब कलेक्सन पीपीई बुथ उपलब्ध गराएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को नमूना संकलनका लागि प्रयोग गर्न इन्जिनियर्सहरूले स्वाब कलेक्सन पीपीई बुथको निर्माण गरी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई उपलब्ध गराएका हुन् ।

करिब १ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त बुथ बिहीबार नेपाल ईन्जिनियर्स एसोसिएसन बागमति प्रदेशले अस्पताललाई उपलब्ध गराएको छ ।

आधुनिक प्रविधिको प्रयोग गरी निर्माण गरिएको उक्त बुथमा बिरामी र स्वास्थ्यकर्मीबीच संवांद गर्न माइक जडान गरिएको छ ।

यस्तै बुथमा हावा पास गर्नको लागि पछाडि पटिको भागमा पंखा जडान गरिएको छ ।

Loading...